जेठ २९,२०७४
-
जेठ २९-
एसियन कप छनोट अन्तर्गत मंगलबार घरेलु मैदानमा हुने यमन विरुद्धको खेलका लागि मुख्य २३ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ ।
एन्फाले सोमबार घोषणा गरेको २३ सदस्यीय टिममा भारत नगएका अनिल सहित अला न्यौपाने, मानबहादुर तामाङ, दिनेश राजवंशी र सुनिल बललाई नयाँ सदस्य थपिएको छ। भारतविरुद्धको मैत्रीपूर्ण खेलमा २० जनाको नेपाली टिम मुम्बई गएको थियो ।
खेल हुनु एक दिन अघि घोषित टोलीमा पूर्व कप्तान अनिल गुरुङले कमब्याक गरेका हुन् । एक साता अघि भारतविरुद्ध मैत्रीपूर्ण खेलमा डेब्यु गरेका डिफेण्डर विमल बस्नेत तथा गोलरक्षक विशाल श्रेष्ठ र मिडफिल्डर सुमन लामा भने टिममा अटाएनन् ।
नेपाल र यमनबीचको खेल भोली दिउँसो ३ बजे एपीएफ मैदान हलचोकमा हुनेछ।
नेपाली टोली
गोलकिपर : किरण कुमार लिम्बु, विकेश कुथु, एलान न्यौपाने
डिफेण्डर : विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, दीनेश राजवंशी, मान बहादुर तामाङ
मिडफिल्डर : सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, अन्जल विष्ट, हेमन्त थापा मगर, राजेन्द्र रावल, हेमन गुरुङ, सुनिल बल,
फरवार्ड : विमल घर्ती मगर, नवयुग श्रेष्ठ, अनिल गुरुङ, भरत खवास
प्रमुख समाचार
सम्वन्धित समाचार