Trending :
 

राष्ट्रपतिद्धारा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी

मंसिर १३,२०७६

-

मंसिर १३,२०७६ काठमाडौं ।
 
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।
 
बिहीबार साँझ महाराजगन्जको त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेर राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् ।
 
राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गर्नुका साथै स्वास्थ्य अवस्थामा भइरहेको सुधारप्रति खुसी र सन्तोष व्यक्त गरेको जनाइएको छ ।
 
प्रधानमन्त्री ओली सो अस्पतालमा उपचाररत् छन् । उनको स्वास्थ्यमा सुधार हुँदै गएपनि सामान्य अवस्थामा फर्कन अझै केही समय लाग्ने अस्पतालले जनाएको छ ।
 
प्रधानमन्त्री ओलीको गएको मंगलबार एपेन्डिसाइटिस’को शल्यक्रिया गरिएको थियो ।