Trending :
 

१३ औं साग:नेपाली महिला भलिबल टिम सागको सेमिफाइनलमा प्रवेश

मंसिर १३,२०७६

-

मंसिर १३,२०७६ काठमाडौं ।
 
नेपाली महिला भलिबल टोली १३ औंँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
 
त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शुक्रबार भएको समूह चरणको खेलमा भारतले बंगलादेशलाई ३-० सोझो सेटमा पराजित गरेपछि नेपाली महिला टिम सेमिफाइनलमा प्रवेश गरेको हो ।
 
लगातार २ खेलमा जित निकाल्दै भारत समूह ए बाट समूह विजेताका रूपमा अन्तिम चारमा पुगेको हो भने नेपालले उपविजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको हो ।
 
प्रतियोगितामा दुवै खेलमा हार बेहोरेको बंगलादेश भने बाहिरिएको छ । समूहको पहिलो खेलमा नेपालले बंगलादेशलाई तीन(शुन्यको सोझो सेटमा हराएको थियो भने भारतसँग ३-० नै पराजित भएको थियो ।
अब नेपालले सेमिफाइनलमा समूह बी को विजेतासँग खेल्नेछ । 
 
यता,
१३ औँ दक्षिण एसियाली खेलकुद ९साग० अन्तरर्गत पुरुष भलिबलमा नेपाल भारतसँग दोस्रो सेटमा पनि पराजित भएको छ ।
 
त्रिपुरेश्वरस्थित कभर्डहलमा शुक्रबार भएको खेलमा नेपाल पहिलो र दोस्रो सेटमा भारतसँग पराजित भएको हो । 
 
पहिलो सेट २५ –१५ ले गुमाएको नेपालले दोस्रो सेटमा २५ – १२ ले पराजित भएको हो । नेपाल बुधबार भएको पहिलो खेलमा बंगलादेशसँग पनि पराजित भएको थियो ।