Trending :
 

त्रिविसभाद्वारा २३ अर्ब ५ करोड भन्दा बढिको बजेट पारित

अन्तर्राष्ट्रियज स्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति तयार पार्न त्रिविलाई शिक्षामन्त्रीको आग्रह:

मंसिर १३,२०७६

-

मंसिर १३,२०७६ काठमाडौं
 
त्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष २०७६-०७७ को लागि २३ अर्ब ५ करोड ८८ लाख ६८ हजार बराबरको बजेट पारित गरेको छ । चालु आर्थिक वर्षको लागि शुक्रबार त्रिवि सभामा रजिष्ट्रार डिल्लीराम उप्रेतिद्धारा प्रस्तुत गरिएको उक्त बजेट स्वीकृत भएको हो । 
 
त्रिविले नियमित कार्यक्रमतर्फ १३ अर्ब ९२ करोड ५८ लाख ६८ हजार र आन्तरिकतर्फ सञ्चालन र पुँजीगत खर्च गरी कुल ८ अर्ब  ५१ करोड ४५ लाख तथा विकासतर्फ ६१ करोड ८५ लाख रकम विनियोजन गरेको छ । जसमा पूँजीगत खर्च ३ अर्ब ६४ करोड १८ लाख ५६ हजार र सञ्चालन खर्चतर्फ १९ अर्ब ४१ करोड ७० लाख १२ हजार विनियोजन भएको हो । 
 
जसमा विश्वविद्यालय अनुदान आयोगबाट कुल १३ अर्ब ३ करोड ४३ लाख ६८ हजार अनुदान प्राप्त हुने र बाँकी त्रिविको आन्तरिक आम्दानीबाट व्यहोर्ने बजेटमा उल्लेख गरिएको छ । 
 
गत आर्थिक वर्ष २०७५-७६ मा नेपाल सरकारबाट ६ अर्ब ७२ करोड ३८ लाख ५४ हजार अनुदान प्राप्त भएको थियो भने अघिल्लो आर्थिक वर्ष २०७४-०७५ मा ६ अर्ब ६७ करोड ६५ लाख अनुदान प्राप्त भएको थियो । त्रिविको अघिल्लो आर्थिक वर्ष २०७४-०७५ को वास्तविक खर्च १२ अर्ब ४६ करोड ५ लाख ५८ हजार रहेको थियो । 
 
कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले त्रिवि अन्तर्राष्ट्रियजगत्मा प्रतिस्पर्धा गर्ने खालका जनशक्ति उत्पादन गर्ने थलो बन्नुपर्ने बताए। 
 
त्रिवि साधारणसभामा शुक्रबार उनले देशको उच्च शिक्षाको प्रमुख मियोका रूपमा रहेको त्रिविले देशको आर्थिक सामाजिक परिवर्तनमा भूमिका खेल्दै आए पनि यसलाई अझै प्रभावकारी र सशक्त बनाएर लैजानुपर्ने बताए ।
 
मन्त्री पोखरेलले त्रिविमा जागिर खाने मानसिकताभन्दा पनि त्रिविलाई राष्ट्र निर्माण गर्नका लागि अनुसन्धान र प्राज्ञिक थलोका रूपमा लैजानुपर्ने धारणा राखे । “अनुसन्धानको कार्यलाई आर्थिक तथा सामाजिक विकाससँग जोडेर लैजानुपर्नेमा जोड दिए ।