Trending :
 

साग उद्घाटन समारोहको मार्चपासमा नेपालको झण्डा भारोत्तोलनका कमलले बोक्ने

मंसिर १४,२०७६

-

मङ्सिर १४,२०७६ काठमाडौं ।
 
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग०को मार्चपासमा नेपालको झण्डा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्ने भएका छन्।
 
समारोह समितिको सिफारिसका आधारमा नेपाल ओलम्पिक कमिटीले अधिकारीलाई चयन गरेको हो। राष्ट्रिय रुपमा सफल खेलाडीलाई मार्चपासमा झण्डा उचालेर देशको नेतृत्व गर्न दिने प्रचलन छ। 
 
अनुभव, अन्तराष्ट्रिय पदकहरु र ओलम्पिक खेलमा सहभागी भएको आधारमा उत्कृष्ट खेलाडी भारोत्तोलनका कमलबहादुर अधिकारीलाई राष्ट्रिय झण्डा बोक्न दिने निर्णय गरेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।
 
 
कमलले ९ औं सागदेखि भाग लिँदै आएका छन्। त्यसपछि १०औंं र ११औं सागमा पनि भाग लिएका कमलले १२औं सागमा भने सहभागिता जनाएनन्। उनले यो १३औं साग पनि सहभागिता जनाएका छन्। 
 
उनले श्रीलंकाको कोलम्बोमा सम्पन्न १०औं सागमा स्वर्ण पदक जितेका थिए। कमलले कोरियामा सम्पन्न २०१७ को एशियन च्याम्पियनसिपमा ३ कास्य पदक जितेका थिए।