१३ औं साग:
श्रीलंकालाई ३-१ ले पराजित गर्दै भारत भलिबलको फाइनलमा
नेपाली महिला पुरुष टोली ब्याडमिन्टन टिमको सेमिफाइनलमा :
-
भारतको पुरुष भलिबल टोली १३ औं दक्षिण एसियाली खेलकुद (साग) भलिबलको फाइनलमा पुगेको छ ।
आइतबार भएको सेमिफाइनलमा श्रीलंकालाई ३-१ ले पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको हो ।
त्रिपुरेस्वरस्थित राष्ट्रिय कभर्डहलमा भएको खेलमा भारतले पहिलो सेटमा २७-२५ को कठिन जित निकालेको थियो ।
दोस्रो सेटमा २५–१९ को जित निकालेको भारतले तेस्रो सेट २५-२१ ले गुमाएको थियो ।
निकै प्रतिस्पर्धात्मक चौथो सेटमा भारतले श्रीलंकामाथि २५-२१ को जित निकाल्दै फाइनल पुगेको हो ।
जितसँगै फाइनल पुगेको भारतको एक पदक पदक पक्का भएको छ ।
नेपाली महिला पुरुष टोली ब्याडमिन्टन टिमको सेमिफाइनलमा
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत ब्याडमिन्टनको टिम इभेन्ट्समा नेपालको महिला र पुरुष दुबै टोली सेमिफाइनलमा पुगेको छ ।
पोखरा रंगशालाको कभर्डहलमा नेपालको पुरुष र महिला टिम तीन खेलमा जित निकाल्दै सेमिफाइनलमा पुगेको हो ।
पुरुष टिममा नेपालका दिपेश धामी, प्रिन्स दाहाल र रत्नजित तामाङले भुटानविरुद्ध सहज जित हात पारे । दिपेशले भुटानका निदुप दर्जीलाई २-० को सोझो सेटमा पराजित गरे ।
पहिलो सेट २१-१३ जितेका उनले दोस्रो सेट २१-१४ ले जिते । प्रिन्सले भुटानकै नर्बु दर्धुललाई सोझो सेटमा पराजित गरे । पहिलो सेट २१-१२ जितेका प्रिन्सले दोस्रो सेट २१–५ को सहज जित निकाले ।
भुटानकै अनिश गुरुङलाई २-० को सोझो सेटमा पराजित गरेका रत्नजितले पहिलो सेट २१-६ तथा दोस्रो सेट २१-९ ले जिते । महिला टिममा रसिला महर्जन, नङ्शल तामाङ र जेसिका गुरुङले बंगलादेशविरुद्ध जित दर्ता गरे ।
रसिलाले बंगलादेशकी अलिना सुल्तान तथा जेशिका गुरुङले ब्रिस्टिक खातुनलाई सोझो सेटमा पराजित गरिन् ।
रशिलाले २८-२६ र २१-१९ को सेटमा बंगलादेशकी अलिनालाई पराजित गर्दा जेशिकाले २१-१७ र २२-२० को सेटमा खातुनलाई हराइन् ।
नङ्शलदेबिले बंगलादेशकी शाइपा अक्तरलाई २-१ को सेटमा हराइन् । पहिलो सेट २१-१८ ले सुम्पीएकी नङ्शलले लगातार दुई सेट जित्दै सेमिफाइनलमा स्थान बनाउन सफल भईन् ।
उनले दोस्रो सेट २१-१५ तथा तेस्रो सेटमा २१-१७ ले जितेकी थिइन् ।