Trending :
 

नेपाललाई तीन स्वर्ण, दुई रजत र एक कास्य पदक:

१३ औं सागमा नेपालका कमल श्रेष्ठले जिते तेस्रो स्वर्ण पदक

मंसिर १६,२०७६

-

मंसिर १६,२०७६ काठमाडौं ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले तेस्रो स्वर्ण पदक जितेको छ ।
 
तेक्वान्दोको पुम्सेमा २३ देखि २९ वर्षमुनीको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका हुन् । उनले श्रीलंका र भारतका खेलाडीलाई पछि पारेका हुन् ।
 
उनले ८.२७० अंक जोडे । ८.२०० अंक जोडेका भारतीय खेलाडीले कास्य जित्दा ८.१५० अंक जोडेका श्रीलंकाली खेलाडी कास्यमा चित्त बुझाएका छन् ।
 
यससँगै सागमा नेपालको तीन स्वर्ण, दुई रजत र एक कास्य पदक भएको छ ।