Trending :
 

बुधबार हुने महाभियोगको सुनुवाइमा ट्रम्प उपस्थित नहुने

मंसिर १६,२०७६

-

मंसिर १६,२०७६ काठमाडौं ।
 
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको महाभियोगको सुनुवाई बुधबार हुने भएको छ ।
बुधवार संसद्को तल्लो सदनमा हुने सुनुवाइमा ट्रम्प उनका वकिलहरूले भाग नलिने भएका छन ।
 
संसद्को न्यायपालिकासम्बन्धी समितिलाई लेखेको पत्रमा कानुनी सल्लाहकार प्याट सिपोलोनीले निष्पक्षताको अपेक्षा राखेका राष्ट्रपतिले त्यसमा भाग लिन नसक्ने जनाएका हुन् ।
 
उनले ह्वाइट हाउसले सुनुवाइको तयारी गर्न पर्याप्त समय नदिइएको र प्रत्यक्षदर्शीबारे पनि जानकारी नदिइएको पनि पत्रमा लेखेका छन ।
 
अघिल्लो हप्ता समितिका अध्यक्ष जेरोल्ड नाड्लरले राष्ट्रपति ट्रम्पले सुनुवाइमा भाग लिनु पर्ने या गुनासो गर्न बन्द गर्नुपर्ने बताएका थिए ।
 
राष्ट्रपति कार्यालय ह्वाइट हाउसले ट्रम्पले दोस्रो पटकको सुनुवाइमा भाग लिने वा नलिने विषयमा भने खुलाएको छैन ।
 
अहिलेसम्म मिति तय नभइसकेको उक्त सुनुवाइबारे अलग्गै प्रतिक्रिया जनाउने ह्वाइट हाउसले जनाएको छ ।
उक्त सुनुवाइ राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति भोल्दिमिर जेलेन्स्कीबीच जुन महिनामा भएको टेलिफोन कुराकानीबारे केन्द्रित हुने बीबीसीले जनाएको छ ।