सरकारको प्राथमिकता साना उद्योगहरुको प्रवद्र्घनमा:मन्त्री भट्ट

मंसिर १६,२०७६

-

मंसिर १६,२०७६ काठमाडौं ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले साना उद्योगहरुको प्रवद्र्घनलाई सरकारले प्राथमिकता राखने बताएका छन ।
 
नेपाल घरेलु तथा साना उद्योग महासंघ र विभिन्न वस्तुगत संघहरुको संयुक्त प्रतिनिधिसँग मन्त्रालयमा भएको कार्यक्रममा मन्त्री भट्टल आर्थिक विकासका आधार रहेका लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्घन र विकासमा आफु दृढ भएर लाग्ने बताए ।
उद्योग मन्त्रालयसँग लघु, घरेलु तथा साना उद्योगहरुको प्रत्यक्ष सम्बन्ध रहेको भन्दै मन्त्री भट्टले  आफ्नो पनि सफलता जोडिएको उल्लेख गरे ।
 
समग्रमा साना व्यावसायीका समस्या के के छन् पहिचान गरेर वैज्ञानिक ढंगले छलफल र निकास खोज्ने उनको भनाई थियो ।
 
महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले उद्योगको सवालमा पुस्ता हस्तान्तरण हुन नसक्नु, प्रविधि हस्तान्तरण हुन नसक्नु, वित्तीय पहुँचको समस्या र बजारीकरणजस्ता समस्या लघु घरेलु तथा साना उद्योगले झेलिरहेकोतर्फ ध्यानाकर्षण गराए ।