Trending :
 

रक्षा मन्त्रालय मातहतका वित्तीय प्रगति कमजोर

मंसिर १६,२०७६

-

मंसिर १६,२०७६ काठमाडौं ।
रक्षा मन्त्रालयमातहत सञ्चालित विभिन्न विकास कार्यक्रम आयोजना अन्तर्गत वित्तीय प्रगति कमजोर देखिएको छ ।
 
आर्थिक वर्ष २०७६/७७ मा सञ्चालित विकास कार्यक्रम तथा आयोजनाहरूको पहिलो चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तर विकास समस्या समाधान समितिको बैठकमा आयोजनाहरुको भौतिक प्रगतिको तुलनामा वित्तीय प्रगति कमजोर रहेको जनाईएको हो ।
 
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा मातहतका निकायबाट सञ्चालित कार्यक्रम र आयोजना प्रगतिबारेमा छलफल भएको थियो । 
 
बैठकमा रक्षा मन्त्रालय, नेपाली सेना र सो मातहतका निकायहरूबाट सञ्चालित विकास कार्यक्रमको पहिलो चौमासिक अवधिको वित्तीय तथा भौतिक प्रगति,  समस्या तथा सम्बोधन गर्नुपर्ने विषयमा केन्द्रित भएर छलफल भएको थियो
 
बैठकमा अधिकांशको आयोजनाको प्रगति सन्तोषजनक रहेको, राष्ट्रिय महत्वका आयोजनाको प्रगति ८० प्रतिशतभन्दा माथि भएको, २० वटा लक्ष्य निर्धारण गरेकामा १७ वटाको नतिजा शतप्रतिशत हासिल गरेको निष्कर्ष निकालेको छ ।
। बाँकी तीन वटा लक्ष्य हासिल गर्न कार्य जारी रहेको जानकारी दिइयो ।
 
नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग, विभिन्न भौतिक पूर्वाधारहरू तथा कर्णाली करिडोर, बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ करिडोर, कालीगण्डकी करिडोर र प्रतिरक्षा विश्वविद्यालय स्थापनामा देखिएका चुनौतीबारे पनि छलफल भएको छ ।
उपप्रधानमन्त्री पोखरेलले विकास निर्माणका कार्यक्रम सञ्चालनमा अन्तरमन्त्रालय समन्वय गर्न, भौतिक तथा वित्तीय प्रगतिबीच सन्तुलन कायम निर्देशन दिएका थिए । रासस