१३ औं सागः कराते, तेक्वान्दो र ट्रायथलनमा नेपालले जित्यो १३ स्वर्ण
-
मंसिर १६,२०७६ काठमाडौं ।
१३ औं साग प्रतियोगितामा नेपालले १३ स्वर्ण पदक जितेको छ ।
सोमबार भएको खेलमा नेपालले करातेमा सात, तेक्वान्दोमा पाँच र ट्रायथलनमा एक स्वर्ण जितेको हो ।
पछिल्लो पटक करातेमा अनु अधिकारी एवम् कुसुम खड्काले दुई र तेक्वान्दोमा आयशा शाक्य एवम् सन्जीवकुमार ओझाको जोडीले एउटा स्वर्ण पदक जितेको हो ।
शाक्य र करातेका मण्डेकाजी श्रेष्ठले दुइ–दुई स्वर्ण जितेका छन् ।
अधिकारीले ५० केजी तौल समूहको फाइनलमा श्रीलङ्काली खेलाडीलाई ८–० ले पराजित गरिन ।
खड्काले बाङ्ग्लादेशी खेलाडीलाई हराएर ४५ केजी तौल समूहमा जितेकी हुन ।
शाक्य र ओझाले भने २९ वर्षभन्दा माथिको जोडीको विधामा स्वर्ण जिते ।
करातेका विप्लवलाल प्रधान र लक्ष्मण तामाङ, तेक्वान्दोकी शाक्य र पार्वती गुरुङले स्वर्ण जितेका छन ।
प्रधानले पाकिस्तानी खेलाडीलाई ८४ केजीभन्दा माथि तौल समूहमा स्वर्ण पदक जितेका हुन् ।
शाक्य र गुरुङले एकल पुम्सेमा र तामाङले बाङ्ग्लादेशका खेलाडीलाई हराएर ५५ केजी तौल समूहमा स्वर्ण जितेका हुन् ।
यस्तै तेक्वान्दोको एकल पुम्सेमा नेपालले चार स्वर्ण जितेको छ ।
महिला एकलमा आयशा शाक्यले २९ वर्षभन्दा माथिको विधामा, पार्वती गुरुङले २३ देखि २९ वर्षसम्मको विधामा र सीना मादेनले २३ वर्षमुनिको विधामा स्वर्ण जितेका हुन ।
कराते महिला टिम कातामा पनि स्वर्ण पदक नेपालले जितेको छ
त्यस्तै २३ देखि २९ वर्ष उमेर समूहको एकल पुम्से विधामा नेपालका कमल श्रेष्ठले स्वर्ण पदक जितेका हुन् ।