जेठ ३०,२०७४
-
जेठ ३० -
सामाजिक संजाल फेसबुकमा इस्लामिक धर्मको निन्दा गरेको भन्दै पाकिस्तानको अदालतले एक जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।
ताइमुर राजा नामका ३० बर्षीय युवकले आफ्नो फेसबुक पेजमा ईस्लाम धर्मगुरु मोहम्मद लगायत उनका आफन्तका बारेमा निन्दा गरेको भन्ने आरोपमा दोषी ठहर गर्दै अदालतले मृत्युदण्डको सजाय सुनाएको हो ।
राजधानी इस्लामावाददेखि ४ सय ९८ किलोमिटरको दुरीमा रहेको बाहोलपुरस्थित आतंकवादविरुद्धको अदालतले राजालाई मृत्युदण्डको सजाय सुनाएको बीबीसीले उल्लेख गरेको छ । यद्यपी, राजाले अदालतको सो आदेश विरुद्ध लाहोर स्थित उच्च अदालत र सर्वोच्च अदालतमा पुनरावेदन दिन सक्नेछन् ।
सरकारी अभियोजनकर्ताले सामाजिक संजालमा लेखिएको आधारमा मृत्युदण्डको सजाय सुनाएको यो पहिलो घटना भएको बताएका छन् । मानवअधिकारका क्षेत्रमा कार्यरत अभियन्ताले सो घटनाप्रति ध्यानाकर्षण भएको जनाएका छन् । फेसबुकले भने सो विषयमा कुनै पनि टिप्पणी गरेको छैन । यसैबीच प्रधानमन्त्री नवाज शरिफले धार्मिक निन्दाको अपराध क्षम्य नहुने टिप्पणी गर्नुभएको छ ।
प्रमुख समाचार
सम्वन्धित समाचार