Trending :
 

१३ औं सागः पुरुष फुटबलमा नेपालले भूटानलाई ४-० ले हरायो

मंसिर १७,२०७६

-

मंसिर १७,२०७६ काठमाडौं ।
१३ औं साग पुरुष फुटबल प्रतियोगितामा नेपालले भूटानविरुद्ध ४-० को जित दर्ता गराएको छ। मंगलबार भएको खेलमा नेपालले फाइनलमा भूटानलाई चार शुन्य गोल अन्तरले पराजित गरेको हो। 
 
खेलमा नेपालका सुजल श्रेष्ठले पाँचौं मिनेट मै खाता खोलेका थिए। त्यस्तै ५० औ मिनेटमा सुजल श्रेष्ठले व्यक्तिगत दोस्रो गोल गरे। उनले अनन्त तामाङको फ्रिकिकलाई चिप गर्दै गोल गरेका हुन्।
 
६६ औ मिनेटमा अभिषेक रिजालले तेस्रो गोल गरेका हुन्। त्यस्तै मिक्चेन तामाङले ७७ औं मिनेटमा चौथो गोल गरे। उनले फ्रिकिक मार्फत गोल गरेका हुन्।
 
लिग राउन्ड रोविनको आधारमा भएको खेलमा नेपालले फुटबलतर्फ पहिलो खेल खेलेको हो। हिजोमात्रै बंगलादेशविरुद्ध मैदान उत्रेका भूटानी खेलाडी आज थकित देखिन्थे। भूटानले हिजो भएको खेलमा बंगलादेशलाई एक शुन्यले पराजित गरेको थियो।
 
लिग राउण्ड रोविनको आधारमा भएको प्रतियोतिगामा नेपाललको तीन अंक भएको छ। एक खेलमा विजयी भएको भूटानको पनि तीन अंक रहेको छ। पाँच टिमले सहभागी जनाएको प्रतियोगिताको शीर्ष दुई टोलीले गोल्ड मेडलको लागि प्रतिस्पर्धा गर्ने छन्।