Trending :
 

नेपाल एयरलाइन्सले पायो चाँडै चीन उडान भर्ने अनुमति

मंसिर १७,२०७६

-

मंसिर १७,२०७६ काठमाडौं ।
समयको अन्तरालपछि नेपाल वायु सेवा निगमले चीनको ग्वाङ्जाओ उडान गर्ने भएको छ ।
निगमको नेपाल एयरलाइन्सले सन् २०२० को जनवरी अन्तिमदेखि ग्वाङ्जाओ सिधा उडान गर्ने तयारी गरेको हो । 
उडानका लागि निगमले सबै प्राविधिक तयारी पुरा गरिसकेको जनाएको छ । 
चिनियाँ सिभिल एभिएसनले निगमको जहाज ग्वाङ्जाओ उडानका लागि स्वीकृति दिइसकेको छ ।
चिनियाँ एभिएसनले राखेको सुरक्षा चासोको सम्बोधन भएपछि निगमलाई उडानको अनुमति दिएको बताइएको छ ।