Trending :
 

१३ औं सागमा नेपालले जित्यो २५ स्वर्ण, महिला भलिबलमा रजत

मंसिर १७,२०७६

-

मंसिर १७,२०७६ काठमाडौं ।
 १३ औँ साग अन्तर्गत महिला भलिबलमा नेपालल  ऐतिहासिक रजत पदक जितेको छ ।  मगलबार भएको खेलमा नेपाल भारतसँग ३-२ सेटले पराजित भएको हो । 
 
त्रिपुरेश्वरस्थित कवर्डहलमा भएको खेलमा पहिलो सेट २५-१७ ले घुमाएको अवस्थामा नेपालले पछिल्लो सेटहरुमा पुनरागमन गरेको हो । नेपालले दोस्रो सेट २५-२३ मा जितेको थियो । तेस्रो सेट नेपालले २५-२० ले को थियो ।  चौथो सेटमा नेपाल २५-२० ले पराजित भएको थियो । अन्तिम सेट पनि नेपालले १५-४ मा गुमाएको थियो । 
नेपाली महिला भलिबल इतिहासमा नेपालले भारतलाई हालसम्म हराएको छैन । साग इतिहासमा नेपालले रजत पदक जितेको पहिलो पटक हो ।
 
यस्तै, नेपालका लागि तेक्वान्दोको ग्यारोगीतर्फ नेपालका वीरबहादुर महराले २३ औं स्वर्ण पदक जितेका छन। सातदोबाटोस्थित तेक्वान्दो हलमा मंगलबार भएको ग्यारोगीतर्फ पुरुष ६८ केजीमुनिको तौल समूहमा भएको स्पर्धाको फाइनलमा महराले पाकिस्तानका मुहम्मद फहिमलाई ४१–३६ ले पराजित गर्दै स्वर्ण पदक जितेका हुन् ।
 
महरा भारतका पृथ्वीराज चौहानलाई ३२-२४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए ।
 
यसअघि तेक्वान्दोकी काजल श्रेष्ठले ग्यारोगीतर्फ महिला ४६ केजीमुनि तौल समूहको स्पर्धामा नेपाललाई २२ औं स्वर्ण दिलाएकी थिइन् ।
 
काजलले पाकिस्तानकी सैयद सिद्रा बटुललाई ५०–१४ ले पराजित गर्दै स्वर्ण पदक हात पारेकी हुन् ।
 
त्यसअघि काजलले भारतकी राधा भाटीलाई ५०–३९ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेकी थिइन् ।