उखुको मूल्य निर्धारण, किसानले अघिल्लो बर्षकै मूल्य अझै पाएनन्
-
मंसिर १७,२०७६ काठमाडौं ।
कञ्चनपुरमा रहेको महाकाली चिनी मिलले उखुको मूल्य निर्धारण गरेको छ ।
चिनी मिल सञ्चालक र उखु उत्पादक किसान हक हित संरक्षण समितिबीच उखुको मुल्य निर्धारण गरिएको हो ।
सहमतिअनुसार अर्लि जातको उखुको मूल्यप्रति क्वीन्टल रु ४४०, सामान्य उखुको मूल्यप्रति क्वीन्टल रु ४१६ र कमसल खालको उखुको मूल्यप्रति क्वीन्टल रु चार सय तोक्ने सहमति भएको चिनी मिलका अध्यक्ष राजेश्वर शाहले बताउनुभयो ।
चिनी मिलले मंगलबारदेखी उखु सङ्कलनसँगै कोडका आधारमा तौल गर्ने कार्य समेत शुरु गरेको छ ।
उखु किसानले अनुदानको पूरै रकम भने पाउन सकेका छैनन् । उखु किसानसँग गरेको सहमति अनुसार रु ६५ प्रति क्वीन्टल दिने भनिए पनि किसानले मूल्यको ३० प्रतिशत मूल्य अझै पाएका छैनन् ।
किसानसँग गरेको सहमतिको रु २३ करोडको मूल्यमा हालसम्म सरकारले रु १६ करोड उपलब्ध गराए पनि अझै रु सात करोड तीन लाख दिन बाँकी रहेको संयोजक विष्टले बताउनुभयो ।