Trending :
 

१३औं सागमा नेपाल २८ स्वर्णसहित पहिलो स्थानमा

मंसिर १८,२०७६

-

मंसिर १८,२०७६ काठमाडौं ।
 
काठमाडौंमा जारी १३ औं सागअन्तर्गत उसुमा नेपालका लागि दीपक हमालले स्वर्ण पदक दिलाएका छन् ।
 
बुधबार बिहान भएकोे थाउलोमा स्वर्ण दिलाएका हुन् । विजयी हमालले १९.३२ अंक जोड्दा भारतका साजन लामाले १९.१२ अंक मात्र जोडन सफल भएका थिए ।
 
बुधबार बिहानको अर्को खेल करातेको कुमिते ६७ केजी प्लस समूहमा नेपालकी अनुपमा मगरले स्वर्ण पदक जितेकी छन् । उनले एसियन गेम्सको कास्यपद विजेता पाकिस्तानकी खेलाडी नर्गिसलाई ६(३ ले हराउँदै स्वर्ण जितेकी हुन् ।
 
साइक्लिङको डाउनहिलमा पनि नेपालले ५ पदक जितेको छ । पुरुषमा तीन र महिलामा दुई पदक नेपालले हात पारेको हो ।
 
गोकर्णमा भएको प्रतिस्पर्धामा पुरुषमा राजेश मगरले स्वर्ण जिते । महिलामा निश्मा श्रेष्ठ पहिलो भइन् । दोस्रो स्थान पनि नेपालले नै जित्यो ।
 
दक्षिण एसियाली खेलकुदमा साइक्लिङमा नेपालले पहिलो पटक स्वर्ण पदक जितेको हो ।
 
हिजो मंगलबारसम्म २४ स्वर्ण जितेको नेपालले बुधबार बिहान ४ स्वर्ण थप्दै स्वर्ण पदकको खातामा २८ पुर्याएको हो। अन्य खेल प्रतियोगिता चलिरहेको छ । करातेमा यो दशौं स्वर्ण हो ।