Trending :
 

१३औं सागः नेपाल २९ स्वर्णसहित पहिलो स्थानमा

मंसिर १८,२०७६

-

मंसिर १८,२०७६ काठमाडौं ।
१३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपालको अग्रता कायमै छ ।
 
नेपालले बुधबार साइक्लिङ र तेक्वान्दोमा समान दुई तथा कराते र उसुमा एकरएकओटा स्वर्णपदक जितेको छ ।
 
यो समेत पदकतालिकाको अग्रस्थानमा रहेको नेपालले अहिलेसम्म २९ ओटा स्वर्णपदक जितेको छ ।
 
२५ स्वर्णपदकसहित भारत दोस्रो स्थानमा रहँदा ७-७ ओटा स्वर्णपदक जितेका श्रीलंका र पाकिस्तान क्रमशः तेस्रो तथा चौथो स्थानमा छन् ।
 
पाँचौं स्थानको बंगलादेशको ४ स्वर्ण छ भने माल्दिभ्सको एउटा स्वर्णपदक छ ।
 
पुछारको भुटानको तीन कास्य पदक मात्र छ ।