Trending :
 

चार मेडिकल कलेजका विद्यार्थीद्वारा पहिलो वर्षको परीक्षा बहिष्कार !

मंसिर १८,२०७६

-

मंसिर १८,२०७६ काठमाडौं ।
अतिरिक्त शुल्क फिर्ताको माग गर्दै आन्दोलनरत विद्यार्थीहरुले पहिलो वर्षको परीक्षा बहिस्कार गरेका छन् ।
 
नेशनल मेडिकल कलेज, चितवन मेडिकल कलेज, जानकी मेडिकल कलेज र युनिभर्सल कलेज अफ मेडिकल साइन्समा एमबीबीएस, बीडीएस र नर्सिङ अध्ययन गरिरहेका विद्याथीहरुले परीक्षा बहिस्कार गरेका हुन् ।
 
बिहीबारबाट सुरु हुने परीक्षामा चितवन मेडिकल कलेजका विद्यार्थीहरुले सडकमा नाराबाजी गर्दै प्रवेश पत्र जलाएका छन् । 
गत मंसिर १७ गते सरकार र निजी मेडिकल कलेजको सम्झौता पत्रमा एमबीबीएस र बीडीएस संकायअन्तर्गत पहिलो र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीको मात्रै शुल्क समायोजन हुने सहमति भए थियो ।
त्यो सहमतिले सबै विद्यार्थीहरुको माग पूरा नहुने भन्दै परीक्षा बहिस्कार गरेको उनिहरुले जनाएका छन ।
 
सरकारले वार्ता गरेर माग पूरा गरे मात्र फेरि परीक्षा दिने संघर्ष समितिको निर्णय छ ।