१३ औं सागःक्रिकेटमा नेपालको जित,भुटान १४१ रनले पराजित
उसुमा नीमाले थपिन स्वर्ण :
-
मंसिर १९,२०७६ काठमाडौं
१३ औं साग अन्तर्गत पुरुष क्रिकेटमा भुटानलाई १ सय ४१ रनले पराजित गर्दै नेपालले जित हात पारेको छ ।
बिहीबार त्रिवि क्रिकेट मैदानमा २ सय ३७ रनको लक्ष्य पछ्याएको भुटानले ६ विकेट गुमाएर ९५ रन मात्र बनायो ।
खेलमा भुटानका मिक्यो दोर्जीले सर्वा्धिक २७ रन बनाए, त्यस्तै सोनाम तोब्गेयले १५, तोब्डेन सिन्गेले ११ रन बनाए ।
नेपालका पारस खड्काले २ तथा करन केसी, ललित राजबंशी र पवन सर्राफले समान १-१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३७ रन बनायो ।
नेपालको विशाल योगफलमा कप्तान ज्ञानेन्द्र मल्लले शतकीय इनिङ्स खेले । ५५ बलको सामना गरेका मल्लले ९ छक्का र ५ चौकाको मद्दतले १ सय ७ रन बनाए ।
यस्तै भुटानविरुद्ध पारसले ५७ रनको अर्धशतकीय इनिङ्स खेल्दा उप कप्तान दिपेन्द्र सिंह ऐरीले अविजित ४५ रन बनाए । अब नेपालले माल्दिभ्सको र बंगलादेशसँग खेल्नेछ ।
यसैगरी १३औं साग अन्तर्गत उसुमा नेपालकी नीमा घर्ति मगरले स्वर्ण जितेकी छिन् ।
लगनखेलमा रहेको आर्मीको कभर्डहलमा थाउलोको महिला नान्दोमा नीमाले कुल १८ दशमलव ९१ अंक जोडेर स्वर्ण जितेकी हुन् । भारतकी सुरीराज सिंह दोस्रो भइन् । उनले १९ दशमलव २२ अंक प्राप्त गरिन् ।
नीमाले सागमा लगातार दोस्रो पटक स्वर्ण जितेकी हुन् । सन् २०१६ मा भारतमा भएको सागमा पनि निमाले स्वर्ण जितेकी थिइन् । उसुबाट सागमा लागतार दुई स्वर्ण जित्ने निमा पहिलो खेलाडी बनिन्।
आजै, क्रश कन्ट्री साइक्लिङमा नेपालकी लक्ष्मी मगरले स्वर्ण जितेकी छिन् । यस स्पर्धामा नेपालकै उषा खनालले रजत प्राप्त गरेकी छिन् । यस्तै भारतकी प्रनिता प्रफुलाले कास्य पदकमा चित्त बुझाउनुप¥यो।
यो सँगै नेपाल ३१ स्वर्ण, १५ रजत र २५ कांस्य सहित दोस्रो स्थानमा रहेको छ ।