Trending :
 

कलंकी–कोटेश्वर–जगातीसम्म दुई दिन सवारी चलाउन रोक !

मंसिर १९,२०७६

-

मंसिर १९,२०७६ काठमाडौं ।
१३ औं साग अन्तरर्गत साइक्लिङ दौंडका लागि शुक्रबार र शनिबार कलंकी–कोटेश्वर–जगातीसम्मका मुख्य सडकहरुमा सवारी सञ्चालनमा रोक लगाईएको छ ।
 
ट्राफिक प्रहरीले मुख्य लेनमा शुक्रबार र शनिबार चार घन्टा सवारीसाधन सञ्चालनमा रोक लगाउने जनाएको हो ।
 
दुई दिन उक्त सडक खण्डमा साइक्लिङ हुँदै छ ।
 
त्यसकै लागि मुख्य लेनमा सवारी चलाउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
 
बिहान ११ देखि ४ बजेसम्म उक्त सडकखण्डको मुख्य लेनमा सवारी चलाउन पाइनेछैन ।
 
मुख्य लेनको दायाँबायाँको सर्भिस लेनमा भने सवारी चलाउन सकिने छ ।
 
कोटेश्वरबाट जगातीतर्फ जाने सम्पूर्ण सवारीसाधन जडीबुटी चोकबाट पेप्सीकोला हुँदै पुरानो ठिमी, ब्यासी, कमलविनायक, च्याम्हासिंह हुँदै जानुपर्ने ट्राफिक प्रहरीले सुचना जारी गरेको छ ।