Trending :
 

मेडिकल कलेजको परीक्षामा प्रिन्सिपलका छोराछोरी मात्रै सहभागी !

मंसिर १९,२०७६

-

मंसिर १९,२०७६ काठमाडौं ।
पोखराको गण्डकी मेडिकल कलेजमा सुरु भएको एमबीबीएस परीक्षामा प्रिन्सिपलका छोराछोरी मात्रै सहभागी भएका छन ।
 
चार मेडिकल कलेजमा अध्ययनरत एमबीबीएसका विद्यार्थीहरुले शुल्कको विषयलाई लिएर परीक्षा बहिष्कार गरेपछि कलेज सञ्चालकका छोराछोरीले मात्रै परीक्षा दिएका हुन ।
 
उनीहरुलाई पास गराउन कलेजले नै प्रश्न पत्र समेत आउट गरेको जनाइएको छ ।
 
अन्य विद्यार्थी आन्दोलनमा रहेपनि प्रिन्सिपल रविन्द्र प्रसाद श्रेष्ठको छोरा र कलेजको सिईओ कृष्ण घिमिरेको छोरीले मात्रै परीक्षा दिएका छन ।
 
१० बजेदेखि परीक्षा भएपनि बिहान नै प्रश्न पत्र आउट भएको गण्डकी मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीले जनाएका छन् । 
 
आन्दोलनरत विद्यार्थीहरु बिरोध जनाउन परीक्षा स्थलमा पुगेपछि प्रहरीसँग झडप समेत भएको छ । 
 
आन्दोलनमा उत्रिएका केही विद्यार्थीलाई पक्राउ परेको प्रहरीले जनाएको छ ।
 
गण्डकी मेडिकल कलेजका प्रिन्सिपल प्राध्यापक डाक्टर रविन्द्र प्रसाद श्रेष्ठले प्रश्न पत्र आउट नभएको दावी गर्दै आफ्नो छोरा र सीईओको छोरा मात्रै नभई अरु १८–१९ जना विद्यार्थीले पनि परिक्षा दिएको जनाएका छन । ।
 
चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ले बिहिबारदेखि एमबीबीएस प्रथम वर्षको परीक्षामा शुरु गरेको छ ।
 
तर गण्डकी मेडिकल कलेजसहित, चितवन मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, जानकी मेडिकल कलेज, नेशनल मेडिकल कलेजका विद्यार्थीले परीक्षा बहिष्कार गरेका छन् । 
खबरहबबाट