Trending :
 

१३ औं सागमा कुन देशले जिते कति स्वर्ण ?

मंसिर १९,२०७६

-

मंसिर १९,२०७६ काठमाडौं ।
१३ औं सागमा नेपालले थप स्वर्ण पदक प्राप्त गरेको छ । बिहिबार भएको उसुमा निमा घर्तीमगरले स्वर्ण पदक जितिन् । 
 
निमा लगातार दुईवटा दक्षिण एशियाली खेलकुद सागमा स्वर्ण जित्ने पहिलो उसु खेलाडी हुन् ।
 
त्यस्तै क्रस–कन्ट्री साइक्लिङमा लक्ष्मी मगरले स्वर्ण पदक जितेपछि नेपालले स्वर्ण पदकको संख्या ३१ पु¥याएको छ ।
 
अहिलेसम्म नेपाल ३२ स्वर्ण सहित सागको पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । भारतले ४० स्वर्ण पु¥याउदै पहिलो स्थानमा छ । जारी सागमा क्रमशः श्रीलंका १२, पाकिस्तान १०, बंगलादेश ४, माल्दीभ्सले १ स्वर्ण जितेको छ । 
भुटानले भने एउटा पनि स्वर्णको खाता खोल्न सकेको छैन् । भुटानले अहिलेसम्म जम्मा ४ ओटा कांस्य जितेको छ ।