कर्णाली र सु्दुर पश्चिम प्रदेश खण्डमा सूचना मार्ग निर्माण हुने

मंसिर १९,२०७६

-

मंसिर १९,२०७६ काठमाडौं ।
कर्णाली र सु्दुर पश्चिम प्रदेश खण्डमा सूचना महामार्ग निर्माणका लागि नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच समझदारी भएको छ । 
 
नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दुई वर्षभित्र करिब २५ सय किलोमिटर अप्टिकल फाइबर बिछ्याउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
 
नेपाल टेलिकमले निर्माण गर्ने यो आयोजनाले रुकुमको मुसिकोटदेखि बैतडीको झुलाघाटसम्म नेटवर्क विस्तार हुनेछ ।
 
साथै ती दुई प्रदेशका सहित बाँके र बर्दिया समेत गरी कूल २० जिल्लामा अप्टिकल फाइबर नेटवर्क विस्तार हुने बिहिबार जारी विज्ञप्तीमा जनाईएको छ ।
 
कर्णाली र सुदुरपश्चिम प्रदेशका मध्यपहाडी लोकमार्ग, पूर्व-पश्चिम, उत्तर-दक्षिणका साथै हुलाकी मार्गहरु, जिल्ला सदरमुकाम र नगरपालिकाहरुलाई समेत यस अयोजनाले सूचना महामार्गको सञ्जालमा जोड्ने लक्ष्य राखेको छ ।