Trending :
 

१३ औं सागमा नेपालको ३६ स्वर्ण !

मंसिर १९,२०७६

-

मंसिर १९,२०७६ काठमाडौं ।
१३ औं सागमा नेपालले स्वर्ण पदकको संख्या थप गरेको छ ।
 
बिहीबार भएको महिला २ सय मिटर फ्री स्टाइल पौडीमा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जितेसँगै नेपालको स्वर्ण पदकको संख्या ३६ पुगेको छ । उनले निर्धारित दुरी २ मिनेट ०५.०६ सकेन्डमा पुरा गरिन् ।
 
यसैगरी पुरषतर्फको २ सय मिटर फ्री स्टाइलमा श्रीलंकाकामेथ्यु डंकान अविसिंहेले स्वर्ण जिते। उनले १.४८ मिनेटमा निर्धारित दूरी पार गरे ।
 
यस्तै, तेक्वान्दोको पुरुष ८७ केजीमुनिको समूहमा नेपालका लागि भूपेन श्रेष्ठले स्वर्ण दिलाएका छन् । उनले भारतका अक्षय हुँडालाई २९-२७ ले हराउँदै नेपाललाई स्वर्ण दिलाएका हुन् । 
बिहिबारै भएको उसु खेलमा निमा घर्तीमगरले स्वर्ण पदक जितिन् । 
 
निमा लगातार दुईवटा दक्षिण एशियाली खेलकुद सागमा स्वर्ण जित्ने पहिलो उसु खेलाडी पनि हुन् ।
 
त्यस्तै क्रस-कन्ट्री साइक्लिङमा लक्ष्मी मगरले स्वर्ण पदक जितिन् ।
 
अहिलेसम्म नेपाल ३६ स्वर्ण सहित सागको पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । भारत ४० स्वर्ण पु¥याउदै पहिलो स्थानमा छ । जारी सागमा क्रमशः श्रीलंका १२, पाकिस्तान १०, बंगलादेश ४, माल्दीभ्सले १ स्वर्ण जितेको छ । 
 
भुटानले भने एउटा पनि स्वर्णको खाता खोल्न सकेको छैन् । भुटानले अहिलेसम्म जम्मा ४ ओटा कांस्य जितेको छ ।