Trending :
 

पुरुष ५ हजार मिटर दौडमा नेपाललाई स्वर्ण,६३ स्वण सहित भारत पहिलो स्थानमा

मंसिर २०,२०७६

-

मंसिर २०, २०७६ काठमाडौं ।
 
१३ औं साग अन्तर्गत पुरुष ५ हजार मिटर दौडमा गोपीचन्द्र पार्कीले स्वर्ण जितेका छन् । उनले निर्धारित दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पार गर्दै स्वर्ण पदकलाई आफ्नो पोल्टोमा पार्न सफल भए ।
 
योसँगै जारी सागमा नेपालको स्वर्ण पदक संख्या ३७ पुगेको छ।
 
 
उक्त दौडमा भारतका सुनिल दावाले रजत जिते।यस्तै, नेपालका हरि रिमालले कांस्य जिते।रिमालले उक्त दूरी १४ मिनेट ५७.०५ सेकेन्डमा पार गरे।