Trending :
 

चीनले अमेरिकी भटमास र बंगुरको मासुमा कर हटाउने

मंसिर २०,२०७६

-

मंसिर २०,२०७६ काठमाडौं ।
चीनले अमेरिकाबाट आयात हुने भटमास र बंगुरको मासुमा लगाएको कर हटाउने भएको छ ।
चिनियाँ मन्त्रिपरिषद्ले केही अमेरिकी फर्महरूले कर घटाउन गरेको आग्रह अनुसार २५ प्रतिशतसम्म लाग्दै आएको कर हटाउने निर्णय गरेको चिनिया अर्थ मन्त्रालयले जनाएको छ ।
चीनले सन् २०१८ को जुलाईदेखि अमेरिकाबाट आयात हुने भटमास र बंगुरको मासुमा २५ प्रतिशतसम्म कर लगाउँदै आएको थियो ।
१७ महिनादेखि चिन अमेरिकाबीच व्यापार युद्ध चल्दै आएको छ ।