१३ औं सागः
म्याराथनमा किरणले दिलाए नेपाललाई ४२ औं स्वर्ण
-
मंसिर २१,२०७६ काठमाडौं ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष म्याराथनमा शनिबार नेपालका किरण सिंह बोगटीले स्वर्ण पदक जितेका छन् ।
बोगटीले निर्धारित ४२.१९५ किलोमिटर दूरी २ घण्टा २१ मिनेट १७ सेकेन्डमा पूरा गरे ।
त्यस्तै भारतका खेलाडीहरुले रजत र कांस्य पदक जिते । रजत जितेकारासपाल सिंहले २ घण्टा २१ मिनेट ५६ सेकेन्ड र श्रे सिंहले २ घण्टा २२ मिनेट ६ सेकेन्डमा दूरी पार गर्दै कांस्य पदक जिते।
यस्तै शनिबार नै भएको महिला म्याराथनमा श्रीलंकन खेलाडी हेरुनी केसाले २ घण्टा ४१ मिनेट २४ सेकेन्डमा ४२ किलोमिटर दूरी पार गर्दै स्वर्ण पदक जितिन् ।
नेपालकी पुष्पा भण्डारीले रजत र भारतकी खेलाडीले कांस्य पदक जिते । भण्डारीले २ घण्टा ५० मिनेट ११ सेकेन्डमा निर्धारित दूरी पार गरिन् ।
कांस्य जितेकी भारतीय खेलाडी ज्योति गवातले २ घण्टा ५२ मिनेट ४४ सेकेन्डमा दूरी पार गरिन् ।