Trending :
 

हवाइ इन्धनमा प्रतिलिटर ४२ रुपैयाँ नाफा

आयल निगमले धेरै नाफा लिदा हवाइ भाडा महँगो भएको निष्कर्ष !

मंसिर २२,२०७६

-

मंसिर २२,२०७६ काठमाडौं ।
नेपाल आयल निगमले अत्याधिक नाफा लिदा हवाइ इन्धनको मुल्य महंगो गुन पुगेको पाईएको छ ।
 
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले हवाइ भाडा समायोजन सम्बन्धमा गठन गरेको कार्यदलले नेपालमा हवाइ भाडा महँगो हुनुको मुख्य कारण अत्यधिक नाफा नै भएको निष्कर्ष निकालेको हो ।
नेपाल भ्रमण वर्ष मनाउने क्रममा स्वदेशी र विदेशी हवाइ यात्रुबीच समान भाडा कायम गर्ने, अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई सुविधा दिने, इन्धनको मूल्य घटाउने र अन्तर प्रदेश हवाइ उडान सुरु गर्ने सम्बन्धमा कार्यदल गठन गरिएको थियो ।
 
भारतीय आयल कर्पोरेशनबाट किनेको मूल्यमा नेपाल आयल निगमले अधिक नाफा खाएर हवाइ कम्पनीलाई इन्धन बेचेको कार्यदलको प्रतिवेदनमा उल्लेख छ । 
 
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएमा हवाइ भाडा पनि घट्न सक्ने प्रतिवेदनमा जनाइएको छ ।
 
हवाइ इन्धनकै कारण नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर परिरहेको आरोपबाट मुक्त हुन पनि हवाइ इन्धनको भाडा घटाउनुपर्ने देखिएको प्रतिवेदको सुभाव छ  ।
 
प्रतिवेदनका अनुसार निगमले हवाइ इन्धनमा प्रतिलिटर ४२ रुपैयाँ नाफा राख्दै आएको छ ।
 
स्वचालित मूल्य प्रणालीबाट मूल्य निर्धारण गर्न पनि कार्यदलले सुझाव दिएको छ । 
 
यस्तै अध्ययन गर्दाको बखत आयल निगमले उपभोक्तालाई सस्तो मूल्यमा इन्धन दिने नाममा १५ दिनमा ११ करोड रुपैयाँ घाटा खाएको तर हवाइ इन्धनबाट भने ३ करोड नाफा कमाइरहेको कार्यदलको ठहर छ ।
कार्यदलले ग्याँसमा उपभोक्तालाई दिएको सहुलियत काटेर इन्धनको नाफा घटाउन पनि सुझाव दिएको छ ।