Trending :
 

१३ औं सागः नेपाललाई आठौं दिन कति स्वर्ण? गौरिकाले तीन स्वर्णसहित राखिन किर्तिमानी

मंसिर २२,२०७६

-

मंसिर २२,२०७६ काठमाडौं ।
१३औं साग अन्तर्गत आठौं दिन आइतबार नेपालले दुई स्वर्ण पदक थपेको छ ।
पौडीमा गौरिका सिंह र जुडोमा देविका खड्काले एक एक स्वर्ण जितेसँगै नेपालले स्वण पदकको संख्या ४५ पु¥याएको छ ।
पौडी अन्तर्गत ४ सय मिटर फ्रि स्टाइलमा गौरिकाले स्वर्ण जितेकी हिुन् ।
सातदोबाटोस्थित पौडी पोखरीमा आइतबार भएको खेलमा उनले भारतीय खेलाडीलाई पछि पार्दै स्वर्ण जितेकी हुन् । विजयी गौरिकाले ४ मिनेट २५ दशमलव २८ सेकेन्ड लगाइन् ।
पौडीतर्फका अन्य प्रतिस्पर्धामा उनले यस अघि दुई स्वर्ण र एक रजत जितिसकेकी छिन् । 
उनी सागको एउटै संस्करणमा तीन स्वर्ण जिच्त्ने पहिलो नेपाली खेलाडी समेत बनेकी छन् ।
यस्तै, अर्की चेली देविका खड्काले जुडोमा स्वर्ण जितेकी छन् ।
लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको ५२ केजी तौल समूहमा उनले स्वर्ण जितेकी हुन् ।
उनले पहिलोमा श्रीलंकन र दोस्रोमा भारतीय खेलाडीलाई हराएकी थिइन् ।