Trending :
 

महोत्तरीमा तीन सय बढि क्षयरोगका बिरामी फेला

मंसिर २२,२०७६

-

मंसिर २२,२०७६ काठमाडौं ।
महोत्तरीमा दुई वर्षको अवधिमा ३ सय ५ जना क्षयरोगका बिरामी फेला परेका छन् । 
 
‘बिराट नेपाल मेडिकल ट्रष्ट’ले महोत्तरीमा विगत दुई वर्षसम्म सञ्चालन गरेको (इम्प्याक्ट टिबी) परियोजनाअन्तर्गत उक्त अवधिमा ३०५ क्षयरोगका बिरामी फेला परेका हुन् ।
 
ट्रष्टले इम्प्याक्ट टिबी परियोजनाअन्तर्गत विभिन्न अन्तर्राष्ट्रिय संस्थासँग साझेदारी गरेर समुदायमा रहेका क्षयरोग प्रभावित व्यक्तिलाई पहिचान गर्ने, उनीहरुलाई सही उपचार सेवा दिनुका साथै क्षयरोग रोकथामका लागि पनि क्रियाकलाप गरेको जनाएको छ ।
 
सन् २०१७ जुनदेखि २०१९ जुनभित्र यस परियोजनाले १० नगरपालिका र पाँच गाउँपालिकामा क्षयरोगका लागि ‘सक्रिय खोजपड्ताल कार्यक्रम’ (एसिएफ) गर्ने क्रममा क्षयरोगका बिरामीको पहिचान भएको, उनीहरुको निःशुल्क उपचार गरिएको र अन्य व्यक्तिलाई रोकथामको लागि कार्य गर्दै आएको जनाएको छ ।
रासस