Trending :
 

भारतको नागरिकता विधेयक तल्लो सदनबाट पारित,शरणार्थीहरुको विरोध

मंसिर २४,२०७६

-

मंसिर २४,२०७६ काठमाडौं ।
भारतको नागरिकता विधेयक तल्लो सदनबाट पारित भएको छ ।
 
लोकसभामा सोमवार राति भएको मतदानमा उक्त नागरिकता संशोधन विधेयकको पक्षमा ३११ र विपक्षमा ८० मत खसेको थियो ।
 
भारतमा छिमेकी तीन देशबाट आउने गैरमुस्लिम शरणार्थीलाई नागरिकता दिन नसकिने गरी विधेयक पारित गरेको भन्दै विरोध पनि भएको छ ।
 
उक्त विवादास्पद विधेयकले पाकिस्तान, बाङ्लादेश र अफ्गानिस्तानबाट आएका धार्मिक अल्पसंख्यकहरूलाई नागरिकता नदिन खोजेको छ ।
 
सत्ताधारी भारतीय जनता पार्टी (भाजपा)ले धार्मिक हिंसाका कारण भाग्नुपर्ने अवस्था भोगेकालाई यसले संरक्षण दिने बताएको छ ।
 
आलोचकहरूले भने उक्त विधेयक मुस्लिमहरूलाई सीमान्तकृत पार्ने भाजपाको एजेन्डाको एक अंश भनि टिप्पणी गरेका छन् ।
बीबीसी