नेप्सेमा सुधार जारी
-
मंसिर २४,२०७६ काठमाडौं ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । लगातार सुधारको दिशामा रहेको नेप्सेमा मंगलबार पनि २.४८ विन्दुले बढेर एक हजार १५१.३६ विन्दुमा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचक ०.३३ विन्दुले बढेर २५३.५० मा पुगेको छ ।
नेप्सेमा सुधार देखिँदा त्यसको प्रभाव कारोबार रकममा समेत परेको छ । कूल १७० कम्पनीको १६ लाख ६१ हजार ८२८ कित्ता शेयर रु ५० करोड तीन लाख २८ हजार ९१५ मूल्यमा खरीद बिक्री भए ।
कारोबार भएका कूल १२ उपसमूह मध्ये आज चार उपसमूहको शेयर घटेको छ भने आठ उपसमूहको शेयर बढेको छ । जलविद्युत् ४.५२, निर्जीवन बीमा २.९५, उत्पादन ८.५७ र अन्य ११.२३ विन्दुले घटेका छन् ।
यस्तै बैंकिङ ७.०९, व्यापार २३.७६, होटल २८.१८, विकास बैंक १.९२, वित्त ०.४७, लघुवित्त १.८८, जीवन बीमा ९.१४ र सामूहिक लगानी कोष ०.०१ विन्दुले बढेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा आज माछापुच्छ्रे« बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु सात करोड ५३ लाख २७ हजार ९२० बराबरको शेयर कारोबार भएको छ ।