Trending :
 

झापामा तीन वर्षमा ८ करोड ५२ लाख बढिको चिया बिक्री !

मंसिर २५,२०७६

-

मंसिर २५,२०७६ काठमाडौं । 
झापामा सरकारी अनुदानमा खुलेको चिया कारखानाले ८ करोड बढिकोे चिया बिक्री गरेको छ ।
 
भद्रपुर-२ पृथ्वीनगरस्थित चिया कारखानाले तीन वर्षको अवधिमा रू ८ करोड ५२ लाख बराबरको चिया उत्पादन गरेको छ ।
 
सरकारको ५० प्रतिशत र साना चिया किसानको ५० प्रतिशत लगानीमा स्थापना भएको साना किसान चिया प्रशोधन कारखानाले गत असार मसान्तसम्ममा छ लाख ७९ हजार ९४५ केजी तयारी चिया बिक्री गरी रु आठ करोड ५२ लाख ८० हजार ३ सय १३ आम्दानी गरेको हो ।
 
साना किसान कृषि सहकारी संस्थाको व्यवस्थापनमा सञ्चालित कारखानाले आव ०७५-०७६ मा मात्र चार लाख ३६ हजार ३९० केजी तयारी चिया उत्पादन गरेको संस्थाका प्रबन्धक देवीप्रसाद कोइरालाले जानकारी दिए ।
 
। किसान आफैँले लगानी गरेर स्थापना गरेको यो चिया प्रशोधन कारखाना झापाको पहिलो हो । निजी क्षेत्रका उद्योगले किसानले उत्पादन गरेको हरियो चियापत्तीको उचित मूल्य नदिएपछि साना चिया किसानहरुले आफैं उद्योग स्थापना गरेका हुन् ।
 
किसानहरुले २०७१ सालमा ६ करोडको लगानीमा उक्त कारखाना स्थापना गरेका थिए । रासस