Trending :
 

दादुरा महामारीे नियन्त्रणमा सघाउन संयुक्त राष्ट्रसंघको आग्रह

मंसिर २५,२०७६

-

मंसिर २५,२०७६ काठमाडौं । 
दक्षिणी प्रशान्त महासागरीय देशहरुमा केही समय यतादेखि फैलिएको दादुराको महामारी विरुद्ध लड्न राष्ट्रसंघले आग्रह गरेको छ । 
 
ती देशमा बढ्दै गएको प्रकोप कम गर्न हाल अष्ट्रेलिया र न्युजिल्याण्डले सहयोग गरिरहेका छन् ।
 
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले दादु्रा महामारी विरुद्धको अभियानमा सघाउन अरु देशलाई पनि आग्रह गरेकोे विज्ञप्तिमा उल्लेख छ ।
 
दक्षिणी प्रशान्त महासागरीय क्षेत्रका तीन लाख नागरिकमा दादुराको सक्र्रमण देखिएको जनाईएको छ ।
 
यसको प्रकोप दैनिक बढ्दै जान सक्ने खतरालाई मध्यनजर गर्दै सघाउन आग्रह गरिएको हो । 
 
खासगरी समोआ, फिजी, टोंगा, भानुआतु, कुक आइल्याण्ड, नाउरु, टुभालू आदिमा दादुराको प्रकोप बढ्दै गएको छ । यसको प्रकोपका कारण त्यहा कयौं नागरिकको ज्यान समेत गएको जनाइएको छ । 
 
महामारी नियन्त्रणका लागि संयुक्त राष्ट्रसंघीय बालकोष, युनिसेफको नेतृत्वमा केही सहायता सहायता एजेन्सीहरुले काम गरिरहेका छन् । 
सिन्ह्वा