Trending :
 

बंगलादेशको प्लास्टिक कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

मंसिर २६,२०७६

-

मंसिर २६,२०७६ काठमाडौं ।
बंगलादेशको राजधानी ढाका नजिक प्लास्टिक कारखानामा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ ।
आगलागीमा परि कम्तिमा २४ जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ ।
बुधबार दिउँसो 
ढाकाबाट दक्षिणतर्फ रहेको केरानीगंजस्थित प्राइम प्याटेन्ट प्लास्टिक कारखानामा लागेको आगो भुईं तलामा फैलिएको थियो । 
 
स्थानीय प्रहरी प्रमुख शाह जमानका अनुसार एक व्यक्तिको घटनास्थलमा नै जलेर मृत्यु भएको थियो र ३३ जना कामदार गम्भीर रूपमा घाइते भएका थिए । 
 
तीमध्ये सात जनाको ढाका मेडिकल कलेज अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
 
उक्त कारखाना अवैध रूपमा सञ्चालन भएको जनाईएको छ ।
 
चिकित्सकले २४ जना कामदारको अवस्था अझै पनि गम्भीर रहेको जानकारी दिएका छन् ।
 
बंगलादेश यस अघि सन् २०१२ को नोभेम्बरमा एउटा गार्मेन्ट कारखानामा आगो लाग्दा १११ जनाको मृत्यु भएको थियो । 
एएफपी