बहुविवाहको मुद्दा लागेका छवि तारेखमा छुटे
-
मंसिर २६,२०७६ काठमाडौं ।
बहुविवाहको आरोपमा मुद्दा लागेका चलचित्र निर्माता छविराज ओझा साधारण तारेखमा छुटेका छन् ।
उनलाई जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा छाडेको हो । न्यायधीश मुकेश उपाध्यायको एकल इजालसले निर्माता ओझालाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो ।
जेठी श्रीमती हेमा ओझाले प्रहरीमा बहुविवाहको उजुरी दर्ता गरेपछि छवी मंगलबार जिल्ला अदालत काठमाडौं हाजिर भएका थिए ।
सम्बन्ध बिच्छेद नै नगरी छविले शिल्पा पोखरेलसँग विवाह गरेको भन्दै हेमाले दुबै विरुद्ध गएको साउन ६ गते प्रहरीमा बहुविवाहको उजुरी दिएकी थिइन ।
शिल्पालाई पनि यस अघि अदालतले साधारण तारेखमा छाडेको थियो ।
छवीले शिल्पासँग २०७३ सालमा तेस्रो बिवाह गरेका थिए ।