फेसअफ प्लस टु २०१९’को उपाधि मनिता र ब्रुकिनले जिते
-
‘फेसअफ प्लस टु २०१९’को उपाधि युवतीतर्फ इन्साईट भिजन कलेजकी मनिता चौलागाईं र युवातर्फ जेएमसी कलेजका ब्रुकिन थापाले चुमेका छन् ।
ग्रेस इन्टरनेश्नलले राजधानीकोे कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा गरेको ‘फेसअफ प्लस टु २०१९’को अन्तिम प्रतिस्पर्धामा युवातर्फ लुम्बिनी कलेजका समिर दाहालले फष्ट रनरअप र इन्साईट भिजनका आकाश बुढाथोकीले सेकेण्ड रनरअपको उपाधि चुम्न सफल भए भने युवतीतर्फ फष्ट रनरअपको उपाधि केब्स कलेजकी इन्कला कार्की र सेकेण्ड रनरअपको उपाधि विनायक सिद्ध कलेजकी सायरा कार्कीले चुमिन ।
सुनौलो सन्सार म्यानेजमेन्टद्वारा आयोजित फेसअफ प्लस टुको यो दोस्रो संस्करणमा मिस्टर एण्ड मिस प्रसनालिटीमा चाँद बाघ कलेजका रूपेश बस्नेत भए भने केब्स कलेजकी इन्कला कार्की भइन ।
मिस्टर एण्ड मिस फोटो जेनिकको उपाधी इन्साईट भिजनका कलेजकी मनिता चौलागाईं र विनायक सिद्ध कलेजका लोकेन्द्र महोतराले चुम्न सफल भए । मिस्टर एण्ड मिस कन्फिडेन्ट पुरूषबाट चाँदबाघ कलेजका रूपेश बस्नेत र महिलाबाट केब्स कलेजकी इन्कला कार्कीले चुमे ।
यस्तैगरी मिस्टर एण्ड मिस फ्रेन्डसीपमा पुरुष तर्फबाट विनायक सिद्ध कलेजका सुरज खड्का र महिला तर्फबाट केब्स कलेजबाट सविता राई भइन ।
मिस्टर एण्ड मिस स्टाइललिस्ट पुरुष तर्फबाट विनायक सिद्ध कलेजका सुरज खड्का र महिला तर्फबाट विनायक सिद्ध कलेजकै चादनी खड्का भइन । मिस्टर एण्ड मिस पपुलर पुरुष तर्फबाट विनायक सिद्ध कलेजबाट लोकेन्द्र महोतरा र महिलातर्फ त्यसै कलेजकी बिधार्थी सायरा कार्की भइन ।
मिस्टर एण्ड मिस बेस्ट वर्क पुरुष तर्फबाट विनायक सिद्ध कलेजबाट सुनिल परियार र महिलातर्फ मिङ्मा शेर्पा भइन । मिस्टर एण्ड मिस बेस्ट स्माइलमा पुरुष तर्फबाट जेएमसी कलेजका चेरी लामा र महिला तर्फबाट इन्साईट भिजनका कलेजकी नेहा शाही भइन ।
यसैगरी मिस्टर एण्ड मिस कन्जिनारिटी उपाधी इन्साईट भिजनका बिधार्थी आकाश बुढाथोकी भए र महिलातर्फ चाँदनी खड्का भइन । मिस्टर एण्ड मिस ब्युवर्स च्वाइस उपाधी विनायक सिद्ध कलेजबाट रोशनी भण्डारी र कल्पना श्रेष्ठ भइन ।
मिस्टर एण्ड मिस ट्यालेन्ट पुरुषतर्फ चाँदबाघ कलेजका रूपेश बस्नेत भए भने महिलातर्फ मिङ्मा शेर्पा भइन । मिस्टर एण्ड मिस मल्टीमिडिया पुरुषतर्फ लुम्बिनी कलेजबाट रेवन दाहाल र महिला तर्फबाट विनायक सिद्ध कलेजकि सायरा कार्की भइन ।
प्रतियोगिताको निर्णायकमा अजयसिंह ठकुरी, प्रिया रानी लामा, महेश ज्ञवाली र छिरिङ शेर्पाले रहेका थिए भने प्रतियोगिताको छनोटको निर्णकको भूमिका पूर्ण लामा, दीपक घिमिरे र निराजन थापाले गरेका थिए ।
प्रतियोगिताले किशोर तथा किशोरीहरुमा आत्म विश्वास बढाउने, व्यक्तित्व विकास गराउने, वतृत्व कलाको विकास गराउने लक्ष्य लिएको आयोजक संस्थाका निर्देशक नारायण थापाले बताए । कार्यक्रमा विभिन्न गीत सङ्गीत प्रस्तुत गरिएको थियो ।