१३ औं सागमा पदक विजेता खेलाडीलाई नगर परिक्रमा
-
मंसिर २७,२०७६ काठमाडौं ।
१३ औं साग का पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् राखेपले नगर परिक्रमा गराएको छ ।
शुक्रबार ११ बजेबाट नगर परिक्रमा सुरु हुने भनिएपनि बिहानै देखि बर्षा सुरु भएपछि खेलाडीको नगर परिक्रमा प्रभावित बनेको थियो । तर पानी नरोकिएपछि बर्षाकैबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पदक विजेता खेलाडीलाई नगर परिक्रमा गराएको हो ।
पदक विजेता खेलाडीलाई राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना, सदस्य सचिव रमेह कुमार सिलवाल र नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले खेलाडीलाई माला र अविर लगाएर सम्मान समेत गरे ।
राखेप परिशर त्रिपुरेश्वरबाट सुरु भएको नगर परिक्रमा न्यूरोडभित्र छिरेर भोटाहिटिबाट निस्किँदै रत्नपार्क, प्रदर्शनीमार्ग सिंहदरबार पश्चिम गेट, थापाथली हुँदै त्रिपुरेश्वर पुगेर समापन भएको थियो ।
पानी भिज्दा पनि पदक विजेता खेलाडीहरुको उत्साहमा कमी आएको थिएन । उनीहरु उनीहरुले नेपाल‘ नेपाल भन्दै नारा समेत लगाएको थिए । नेपालको झण्डा बोक्दै खेलाडी र्यालीमा सहभागि भएका थिए ।