Trending :
 

विराटनगरमा पुस ६ र ७ मा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने

मंसिर २९,२०७६

-

मंसिर २९,२०७६ काठमाडौं ।
आगामी पुस ६ र ७ गते विराटनगरमा १७ औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने भएको छ ।
भाषा, संस्कृति, वेशभूषा, खाद्य परिकार र पर्यटन क्षेत्रको प्रवद्र्धन गर्नका लागि सम्मेलन गर्न लागिएको मैथिली एशोसिएशन नेपालका अध्यक्ष प्रवीणनारायण चौधरीले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् ।
सम्मेलनमा नेपाल, भारत र खाडी मुलुकका ३०० प्रतिनिधिको सहभागिता रहने छ । सो अवसरमा मैथिली उद्यमी, मैथिली चिकित्सक, विभिन्न भाषाभाषी कवयित्रीलाई सम्मान कार्यक्रम छ । 
नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धन तथा यस क्षेत्रमा रहेका धार्मिक पर्यटनस्थलहरुको समेत प्रचारप्रसार गरिने तयारी छ । सम्मेलनका अवसरमा चित्रकला, विज्ञान प्रदर्शनी, खाद्य परिकार, चिकित्सक सामग्रीलगायत  विभिन्न २० कक्ष राखिने जनाइएको छ । रासस