Trending :
 

पीपीएलः काठमाडौं गोल्डेन्समाथी पोखरा पल्टनको विकेटको जित

मंसिर २९,२०७६

-

मंसिर २९,२०७६ काठमाडौं ।
दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा घरेलु टोली पोखरा पल्टनले काठमाडौं गोल्डेन्सलाई ९ विकेटले पराजित गरेको छ ।
 
काठमाडौं गोल्डेन्सले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको पोखराले १४.१ ओभरमा १ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
 
पोखरा क्रिकेट मैदानमा भएको खेलमा शरद भेषावकरले कप्तानी गरेको पोखराका लागि कुसल भुर्तेलले उत्कृष्ट ब्याटिङ गरे । 
 
ओपनिङ ब्याटिङमा आएका उनले नटआउट रहँदै ६५ रन बनाए । उनले ४३ बलमा ५ छक्का र ४ चौका प्रहार गरे ।
 
यस्तै, पोखराका लागि रविइन्दर सिंहले ३८ रन बनाए भने आरिफ शेखले १४ रन बनाएका थिए ।
 
काठमाडौंका सुशान भारीले एक विकेट लिए । यसअघि पहिलो ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभर पुरा खेल्दै ८ विकेट गुमाएर १ सय १५ रन मात्रै बनाएको थियो ।
 
काठमाडौंका लागि सुबोध भाटीले सर्वाधिक ४५ रन बनाए । उनले २९ बलमा ४ छक्का र ४ चौका प्रहार गरेका थिए ।
 
यस्तै काठमाडौंका लागि गौरव तोमरले १३ रन बनाए ।
 
काठमाडौंविरुद्ध पोखराका कुसल मल्ल, राशिद खान र ललित नारायण राजवंशीले समान दुई–दुई विकेट लिएका थिए भने प्रथमेस डेक र शरवजित लड्डावले समान एक–एक विकेत लिए । 
पहिलो खेलमा जीत हात पारेको पोखराले २ अंक जोडेको छ ।