Trending :
 

लन्डनको टावर ब्लकमा भीषण आगलागी

जेठ ३१,२०७४

-विविसी

जेठ ३१ –

बेलायतको राजधानी लन्डनमा रहेको एउटा २७ तले भवनमा बुधबार बिहान ठूलो आगलागी भएको छ । ल्याङक्यास्टर वेस्ट इस्टेटको ग्रेनफेल टावरमा स्थानीय समय अनुसार राति १ बजेर १६ मिनेट जाँदा आगलागी शुरु भएको थियो।

आगो नियन्त्रण गर्न फायरब्रिगेडका ४० गाडी र २०० दमकलकर्मीहरू जुटेका छन् ।

समाचार एजेन्सीहरूका अनुसार उक्त भवनको एउटा फ्ल्याटबाट आगलागी सुरु भएको र पछि सो आगोले पूरै भवनलाई लपेटेको थियो ।

पश्चिमी लन्डनमा अवस्थित ग्रेन फेल टावर भनिने उक्त भवन १९७४ मा बनेको थियो । उक्त टावरमा १२० फ्ल्याट छन् । 

बीबीसी संवाददाता एण्डी मूरका अनुसार पूरै भवन जलिरहेको र भवन लड्न सक्ने देखिन्छ। अर्का प्रत्यक्षदर्शी टिम डाउनीले भवनको एउटा हिस्सा पूर्ण रुपमा जलेको बताए।

भवनभित्र थुप्रै व्यक्तिहरू फसिरहेको आंशका गरिएको छ ।