Trending :
 

चीनमा मानवअधिकारको अवस्थामा सुधारःचिनियाँ विदेशमन्त्री वाङ यी

पौष ०१,२०७६

-

पुस १,२०७६ काठमाडौं ।
चिनियाँ विदेशमन्त्री वाङ यीले चीनमा मानवअधिकारको अवस्थामा ऐतिहासिक रुपमा सुधार भएको बताएका छन् ।
 
सोमबार बेल्जियमको राजधानी ब्रसेल्समा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विदेशमन्त्री वाङ यीले मानवअधिकारको अवस्थामा गुणात्मक रुपमा नै सुधार आएको धारणा राखेका हुन् ।
 
आधुनिक चीनको स्थापना भएपछिको इतिहासलाई नै हेर्दा हाल आएर मानवअधिकारको अवस्थामा ऐतिहासिक रुपमा सुधार आएको उनको भनाई थियो ।
 
हामीले करिब ८५ करोड नागरिकलाई गरिबीको रेखाबाट बाहिर निकालेका छौँ र मलाई लाग्छ यो गरिबी निवारणको विश्वकै तथ्याङ्कमा कम्तीमा पनि ७० प्रतिशत योगदान हो । 
 
चीनले आफ्ना करिब ७७ करोड नागरिकलाई रोजगारी दएको तथा २५ करोड ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाएको तथा अरु पनि सबै नागरिकलाई उनीहरुको आधारभूत आवश्यकताहरुको पूर्ति गरेको जानकारी पनि उनले जानकारी दिए ।
 
अहिले चीनमा करिब ८५ करोड नागरिक इन्टरनेटका प्रयोगकर्ता रहेको र करिब एक अर्ब चिनियाँ नागरिकले नयाँ मिडियाको प्रयोग गरिरहेको जानकारी दिए ।
रासस