Trending :
 

‘ए’ डिभिजन लिगः सरस्वतीलाई हराउँदै ‘एनआरटी’ विजयी

पौष ०१,२०७६

-

पुस १,२०७६ काठमाडौं ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) ले विजयी  शुरुवात गरेको छ ।
 
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा सरस्वती युथ क्लबमाथि ४-० ले जित हात पार्दै एनआरटीले सुखद शुरुवात गरेको हो ।
 
एनआरटीको जितमा सरोज तामाङले दुई गोल, जुनियर ओन्गुएने निकेन्ग्यु र जोर्डन एनडेम्बाले समान एक–एक गोल गरे ।
 
जुनियर ओन्गुएने निकेन्ग्युले खेलको ४० औं मिनेटमा र तामाङले खेलका ६९ औं मिनेट र ८१ औं मिनेटमा गोल गरेका थिए भने जोर्डनले खेलको अन्तिम मिनेटमा गोल गर्दै टिमलाई ४–० गोल अन्तरको जित हात पारे ।
 
राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक राजुकाजी शाक्यले नेतृत्व गरेको एनआरटीले सरस्वतीलाई पराजित गर्दै नयाँ यात्रा सुरु गरेको छ । अघिल्लो सिजनमा एनआरटी लिगको अन्तिममा रहेको थियो ।