जेठ ३१,२०७४
-विविसी
जेठ ३१ -
क्रिष्टियानो रोनाल्डोमाथि कर छली गरेको आरोप लागेको छ । रियल मड्रिडका स्ट्राइकर रोनाल्डोमाथि स्पेनका अधिकारीले लाखौं युरो बराबरको कर छली गरेको भन्दै आरोप दर्ता गरेका हुन् ।
रोनाल्डो विरुद्ध स्पेनका कानुनी अधिकारीले आरोप पत्र दर्ता गरेको बिबिसीले जनाएको छ । रोनाल्डोमाथि सन् २०११ देखि २०१४ सम्ममा एक करोड ४७ लाख युरो कर छली गरेको आरोप लागेको छ । रोनाल्डोले यसअघि नै आफूले लुकाउनु पर्ने केही काम नगरेको बताउँदै आफ्नो कर सम्बन्धमा भइरहेको अनुसन्धानबाट आफूलाई कुनै चिन्ता नरहेको बताएका थिए । रोनाल्डोमाथि आफ्नो तस्बिरबाट भएको आम्दानी लुकाउनका लागि व्यवसायको खोल ओढाएको आरोप पनि लागेको छ । गएको डिसेम्बरमा चुहावट भएको कागजातमा रोनाल्डोल कर छलीका लागि अफसोर खाता प्रयोग गरेको दाबी गरिएको थियो । फोर्ब्सका अनुसार रोनाल्डो बढी आम्दानी गर्ने खेलाडी हुन् ।
रोनाल्डोले भने आफूमाथि लागेका सबै आरोप अस्वीकार गरेका छन् । रोनाल्डोको एजेन्ट व्यवस्थापन गर्दै आएको जेस्टिफुटेले रोनाल्डोले अहिलेसम्म कर छली त के त्यसको प्रयास पनि नगरेको र यो कुरा स्पष्ट रहेको बताएका छन् ।
प्रमुख समाचार
सम्वन्धित समाचार