पीपीएलः धनगढी ब्लुजलाइ १०६ रनले पराजित गर्दै काठमाडौं विजयी
-
पोखरामा जारी दोस्रो संस्करणको पीपीएल टी-२० क्रिकेट प्रतियोगितामा काठमाडौं गोल्डेन वारियर्सले पहिलो जीत दर्ता गरेको छ ।
बुधबार भएको खेलमा काठमाडौंले एक्सपर्ट धनगढी ब्लुजलाई १०६ रनले पराजित गरेको हो ।
यसअघिका दुई खेलमा पराजित भएको काठमाडौंलाई पहिलो जीत आफ्नो पक्षमा ल्याउने क्रममा राष्ट्रिय टोलीका कप्तान समेत रहेका ज्ञानेन्द्र मल्लले शतकीय पारी खेले ।
मल्लले ३८ बलमा ८ चौका र नौ छक्कासहित १०० रनको योगदान दिए ।
धनगढीले टस जीतेर काठमाडौंलाई ब्याटिङको निम्ता दिएपछि उसले १७ ओभरको खेलमा पाँच विकेटको नोक्सानीमा १८५ रनको विशाल योगफल तयार गर्न सफल भएको थियो ।
धनगढी काठमाडौंले दिएको १८६ रनको लक्ष्य पछ्याउने क्रममा १६ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ७९ रन मात्र जोड्न सक्यो ।
मौसममा आएको खराबीले गर्दा २० ओभरको खेललाई १७ ओभरमा झारिएको थियो ।
क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा मङ्सिर २९ गतेदेखि पोखरामा पिपिएल क्रिकेट जारी छ ।