Trending :
 

थाइल्याण्डमा हुने फेशन फेष्टिबलका लागि प्रतियोगि छनोट सुरु

पौष ०२,२०७६

-

पुस २,२०७६ काठमाडौं ।
थाइल्याण्डमा हुने इन्टरनेशनल फेशन फेष्टिबलका लागि प्रतियोगिको छनोट सुरु गरिएको छ ।
 
बालबालिका र युवा युवतीहरुमा लुकेर रहेको प्रतिभालाई फेशन शो मार्फत उजागर गर्दै आइरहेको ड्रिम सर्च एजेन्सीले ‘टिन एस ए एण्ड एम फेशन रनवे’ थाइल्याण्ड इन्टरनेशनल फेशन फेष्टिबलका लागि प्रि किड्स, किड्स, प्रि टिन र टिनहरुको छनोट सुरु गरेको हो ।
 
यसका लागि पहिलो चरणको अडिसनबाट १२ जना छनोट भएको इभेन्ट अर्गनाइजर फाउण्डर कमल निकोन क्षेत्रीले जानकारी दिए ।
 
काठमाडौं, भक्तपुर, इटहरी, धरान, विराटनगर, पोखराबाट ३५ जना छनोट गरिने छ ।
 
ओपेरा रेष्ट्रो एण्ड ब्यानक्वेट बालुबाटार, काठमाडौंमा भएको पहिलो चरणको छनोटमा मिष्टर वल्र्ड नेपाल २०१९ का अजयजंग रायमाझी, इथोज व्याण्डका विजय कँडेल, जिम प्रशिक्षक आशिस ढेवाजु निर्णयक रहेका थिए ।
 
छनोट चरणको कार्यक्रममा गायक प्रितम आचार्य र सुजन मार्फ तामाङले आ–आफ्नो प्रस्तुति दिएका थिए ।
 
प्रतियोगिताको कोरियोग्राफरमा सुमन खड्का रहेकी छन् भने हेयर एण्ड मेकअप स्पर्श व्युटी इन्स्टिच्युट भक्तपुर रहेका छन् ।
 
आगामी अप्रिल २५ तारिखमा थाइल्याण्डमा हुने इन्टरनेशनल फेशन फेष्टबलमा यो सौन्दर्य प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा हुने छ ।
 
प्रतिस्पर्धीहरुलाई ट्रेनिङ दिन थाइल्याण्डबाटनै प्रशिक्षक आउनेछन् भने अन्तर्राष्ट्रिय मोडलसमेत सहभागी गराईने छ ।
 
प्रतियागितामा १७ वर्ष उमेर समुहकाले सहभागीता जनाउन सक्नेछन् ।