सागमा निर्माण हुन नसकेका भौतिक पूर्वाधार चाँडो सम्पन्न गर्न निर्देशन
-
पुस २,२०७६ काठमाडौं ।
युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा (सुनार) ले १३ औँ दक्षिण एशियाली खेलकूद(साग) प्रतियोगिताका लागि निर्माण सम्पन्न हुन नसकेका भौतिक पूर्वाधार छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् ।
भूतपूर्व खेलाडी मञ्च नेपालद्वारा कास्कीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अगामी राष्ट्रिय खेलकूद प्रतियोगितामा बाँकी पूर्वाधार तयार हुनुपर्नेमा जोड दिए ।
पोखरामा सागका केही खेल सम्पन्न हुनुले महत्व बढाएको मन्त्री विश्वकर्माले उल्लेख गर्दै कास्कीको घान्द्रुक, बागलुङको ढोरपाटन, मनाङ र मुस्ताङ जिल्लामा हाई अल्टिच्युड खेल मैदान निर्माण गर्न अभियानका रुपमा अगाडि बढाइने जानकारी दिए ।
पोखरा म्याराथनको १४ औँ संस्करण सम्बन्धमा उनलाई जानकारी दिइएको थियो । मञ्चका अध्यक्ष तेज गुरुङले आगामी फागुन ३ गते हुने १४ औँ संस्करणको पोखरा म्याराथनमा विदेशी धावकको आकर्षण बढाउन पुरस्कार राशिमा वृद्धि गरिने जानकारी दिए ।
प्रथम, द्धितीय र तृतीयलाई क्रमशः तीन लाख, दुई लाख र एक लाख नगद पुरस्कार प्रदान गरिने छ ।