पहिलोपटक फाइबर प्रविधिबाट फोन र इन्टरनेट सेवा सुरु

पौष ०३,२०७६

-

 पुस ३,२०७६ काठमाडौं ।
नेपाल टेलिकमले फाइबर प्रविधिबाट धवलागिीरका चार जिल्लामा एकसाथ फोन र इन्टरनेट सेवा शुरुआत गरेको छ । 
 
पहिलोपटक टेलिकमले  बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लामा बुधबारदेखि सेवा सुरु गरेको हो । 
 
यसअघि बागलुङ सदरमुकाममा मात्र फाइबर प्रविधिको इन्टरनेट सेवा उपलब्ध रहेको थियो । 
 
नेपाल टेलिकम बागलुङ कार्यालयका वरिष्ठ इञ्जिनीयर केशव शर्माले म्याग्दीको गलेश्वरमा सेवाको सुरुवात गर्दै इन्टरनेट र भ्वाइस सेवा एकसाथ शुरुआत भएको जानकारी दिए ।
 
पहिलो चरणमा गलेश्वरका ६० जना ग्राहकले फाइबर जडान गरेका छन् । टेलिकमले १२८ जनालाई पुग्ने गरी तार र प्रणाली तयार गरेको छ । 
 
गलेश्वरपछि सदरमुकाम बेनी बजारमा फाइबर सेवा विस्तार गरिनेछ । पुरानो प्रविधिका फोन र इन्टरनेटलाई विस्तारै नयाँमा रुपान्तरण गर्दै लाने प्रमुख शर्माले जानकारी दिए । रासस