कोरियन भाषा पास गरेका मध्ये ६ हजार ७७३ जना सीप परीक्षणमा उत्तीर्ण
-
पुस ३,२०७६ काठमाडौं ।
कोरियन भाषा सीप परीक्षणको नतिजा सार्वजनिक भएको छ ।
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०१९ का लागि कोरियन भाषा परीक्षामा ९२ हजार ३ सय ५६ जना सामेल भएका थिए ।
जसमा १२ हजार १० जनाले भाषा परीक्षा पास गरेका थिए । भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये ६ हजार ७ सय ७३ जनाले मात्र सीप परीक्षा उत्तीर्ण गरेको कोरियाको मानव संशाधन केन्द्र (एचआरडी)ले जनाएको छ ।
उत्पादन र कृषि क्षेत्रमा कति संख्यामा सीप परीक्षामा उत्तीर्ण भए भन्ने विषयमा भने विस्तृत विवरण आउन बाँकी नै रहेको छ ।
ईपीएस शाखाका अनुसार सन् २०२० का लागि कृषि क्षेत्रमा जान चाहने परीक्षार्थीले ९० अंकको भाषा परीक्षा दिएका थिए ।
परीक्षामा पास हुनेले १ सय १० अंकको सीप परीक्षणको परीक्षामा अनिवार्य पास हुनुपर्ने छ ।
सीप परीक्षणमा पास भएका परीक्षार्थी मात्र रोजगारका लागि कोरिया जान पाउँनेछन् ।